मिस कल्चर पश्चिमाञ्चल २०१७ को तयारी पूरा
21-April-2017

उमा आलेमगर
पोखरा, ०८ वैशाख । 

 

पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि.ले आयोजना गरेको प्रथम मिस कल्चर पश्चिमाञ्चल २०१७ को तयारी पूरा भएको छ । 

प्रतियोगिता भोलि ( शनिबार ) पोखरा सभागृहमा दिउँसो १२ः३० बजेबाट सुरु हुने छ । मिस कल्चरको उपाधिको लागि १४ जना प्रतियोगीहरुले प्रतिष्पर्धा गर्ने छन् । 

‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल उद्देश्यका साथ उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । भोलि विभिन्न व्यक्तित्व र संघसंस्थाहरुलाई पनि सम्मान गरिने पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि.का अध्यक्ष शोभा गौतमले जानकारी दिनुभयो ।

मिस कल्चरको मुख्य प्रायोजकमा गोर्खा ब्रअरी, सह–प्रायोजकमा बायो भोड्का, एल्जी नुहाउने सावुन, मेकअप पार्टनरमा जाइडस वेलनेस लिमिटेड, पावर वाईमा भ्यालेन्टीनो वाइन, एजुकेशन पार्टनरमा भिसा इम्फो, होटल पार्टनरमा कान्तिपुर होटल, बैंकिङ्ग पार्टनरमा फेवा विकास बैंक, ड्रेस पार्टनरमा पोखरा कलाकेन्द्र, सहयोगीहरूमा जसविन पेन्टस, हेप्पी बोर्डिङ स्कूल, एन.बी. जे.के. सप्लार्यस, मङ्गलदीप अगरवत्ती, होटल दीप सागर, बार्दली बचत तथा ऋण सहकारी संस्था लि., क्वालिटी बिस्कुट, हाम्रो टिभी, जन सेवा सप्लार्यस रहेको छ । 

Write a Comment