सारा अली खान ‘ठग्स..’ बाट रिजेक्ट
24-April-2017


बैशाख ११ सोमबार 
बलिउड स्टार किड सारा अली खान ‘ठग्स’ चलचित्रबाट रिजेक्ट भएकि छिन् । योसँगै उनको एउटा ठूलो सपना चकनाचुर भएको खबर सार्वजनिक भएको छ । सैफ अली खानकी छोरी साराले बलिउड डेब्युको विषयलाई लिएर निकै चर्चा कमाएकी थिइन् । कहिले ‘ठग्स अफ हिन्दुस्तान’ कहिले ‘स्टुडेन्ट अफ दी इयर’ सँग उनको नाम जोडिएर आयो ।  

तर हालै सार्वजनिक भएको एउटा समाचारमा सारा ‘स्टुडेन्ट अफ दी इयर’का लागि फाइनल भइसकेकी छैनन् भन्ने समाचार छ । फिल्मीबिटका अनुसार चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा उनलाई रिजेक्ट गरिएको छ । आमिर खानको चलचित्रका लागि साराले अडिसन दिएकी थिइन् तर चलचित्र निर्माता आदित्य चोपडालाई साराले गर्लिन् जस्तो लागेन र उनलाई रिजेक्ट गरियो । 

यसको साथसाथै सारा अली खानको एउटा ठूलो सपना भत्कियो । साराको मात्र  नभएर सैफ पनि आफ्नी छोरीलाई आमिर खानको चलचित्रमा देख्न चाहन्थे । कोही स्टार किडका लागि यो भन्दा उत्कृष्ट डेब्यु अरु के हुन सक्छ । तर, ‘ठग्स अफ हिन्दुस्तान’ त साराको हातबाट चिप्लियो ।

Write a Comment