‘किक–२’ मा ज्याकलिनको चान्स
24-April-2017


वैशाख, ११ सोमबार
साजिद नाडियावालाको निर्देशनमा बनेको चलचित्र ‘किक’ मा ज्यालिनलाई अनुबन्ध गरिएको छ । योसँगै ज्याकलिनले फेरि एकचोटि सलमानसँग रोमान्स गर्ने भएकी हुन् ।
‘किक’ को सिक्वेलको निकै अघिदेखि चर्चा चलिरहेको छ । साजिद एक पटक फेरि सलमान खानसँग काम गर्दैछन् । र, ‘किक पार्ट २’ बनाउँदैछन् । यद्यपि चलचित्र फ्लोरमा आउने अहिले कुनै खबर छैन । 
फिल्मीबिटका अनुसार चलचित्रसँग जोडिएको ताजा खबरका अनुसार सलमान खानले ‘किक’ कोस्टार ज्याकलिन फर्ना्न्डिससँग रोमान्स भने गर्ने छैनन् । यद्यपि यो चलचित्रका लागि अर्की अभिनेत्रीको खोजी जारी छ । अफवाहमा भने कृति सेननको नाम सबैभन्दा अघि रहेको बताइएको छ ।  
ज्याकलिन यो चलचित्रसँग जोडिएकी छैनन् भन्ने हल्ला चल्न थालेपछि ‘किक–२’ सँग कयौँ अभिनेत्रीको नाम जोडिएको छ । चलचित्र सन् २०१८ मा फ्लोरमा आउने अपेक्षा गरिएको छ । 

 

Events
Random Picks