अक्षय कुमार अभिनित चलचित्र ‘हाउसफुल’ को चौथो भाग आउँदै
1-May-2017


मुम्बई, १८ वैशाख

सर्वाधिक मनापराइएको हिन्दी फिल्म ‘हाउसफुल’ को चौथो भाग आउने भएको छ । ‘हाउसफुल’को तीनै सिक्वेल हिट भएपछि अब अक्षय कुृमार ‘हाउसफुल–४’ मा साजिद खानका साथ रोमान्स र कमेडी लिएर उपस्थित हुने भएका हुन् ।


‘हाउसफुल’ टिममा एक पटक फेरि साजिद खानको प्रवेश भइसकेको छ । हालै चलचित्रको पहिलो भागले सात वर्ष पूरा गर्यो । यो अवसरमा निर्देशक साजिद खानले यो फ्रेन्चाइजीको चौथो भाग अर्थात् ‘हाउसफुल–४’ माथि काम सुरु गरेका छन् । फिल्मीबिटका अनुसार यो चलचित्र सन् २०१८ मा रिलिज हुनेछ ।

Write a Comment