सलमान खानको चलचित्र ‘ट्युबलाइट’को पोस्टर सार्वजनिक
1-May-2017


मुम्बई, १८ वैशाख
सलमान खानको चलचित्र ‘ट्युबलाइट’ को पोस्टर सार्वजनिक भएको छ । सलमानले सोसल मिडियामा पोस्टर सेयर गर्दै चलचित्रको टिजर आउने जानकारी दिएका हुन् ।
यो चलचित्रलाई लिएर दर्शकमा निकै उत्साह छ । सलमानले पुनः अर्को पोस्टर रिलिज गरेका छन्, जसले फ्यानमा थप उत्साह बढेको छ ।  
सलमानले ट्विटरमा एउटा तस्बीर पोस्ट गरे । जसमा उनले ‘ट्युबलाइट टिजर आउन चार दिन बाँकी’ लेखेका  छन् । यो पोस्टरमा सलमान एक्लै छैनन् । उनीसँग अर्का व्यक्ति पनि छन्, जो उनका भाइ सोयल खान हुन् । फोटोसँगै सलमानले अब मज्जा आउने पनि लेखेका छन् । 
सलमानको यो ट्विटबाट फ्यान अधैर्य भएको अमर उजालाले लेखेको छ । चलचत्रिको टिजर आउन अब ४ दिन बाँकी छ । तर सलमानका फ्यान दिनै ट्विटरमा ट्रेन्ड गरिरहेका छन् । 
बाह्रखरी डटकमबाट

 

Write a Comment

Events
Random Picks