चलचित्र ‘पञ्चायत’को टिजर सार्वजनिक
2-May-2017


काठमाण्डौँ, १९ वैशाख
नेपाल कथानक चलचित्र ‘पञ्चायत’ को टिजर सार्वजनिक गरिएको छ । पुरानो कथाबस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘पंचायत’ को टिजर यू—टुव मार्फत सार्वजनिक गरिएको हो । यस चलचित्रमा दर्शकले गाउँको कथा हेर्न र पुरानो संस्कृति देख्न पाउने छन् ।
रवि अधिकारी, गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेको चलचित्रमा सरोज खनाल र नीता ढुङगाना मुख्य भूमिकामा छन् । चयस्तै, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय चलचित्रमा हेर्न पाइनेछ ।
आउँदो फागुनमा रिलिज गरिने ‘पञ्चायत’ मा टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको छ । यो चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् ।

अनलाइन खबर डटकम बाट

 

Write a Comment