प्रियंकाको सर्वाधिक लामो 'ट्रेन्च कोट'
2-May-2017

जबजब बलिउड नायिका प्रियंका विदेशी रेड कार्पेटमा उत्रिन्छिन्, तब तब उनीबारे केही न केही चर्चा चलेकै हुन्छ। पछिल्लो पटक मेट गालामा उनको अनौठो पहिरन फेरि चर्चाको विषय बनेको छ। आफ्नो हलिउड फिल्म बेवाच प्रदर्शन नजिकिँदै गर्दा सहभागी भएकी प्रियंकाले लगाएको ट्रेन्च कोटको लम्बाइका कारण उनी चर्चामा आएकी हुन्। यसलाई संसारकै सबैभन्दा लामो ट्रेन्च कोट भनिएको छ। यसबारे अन्तर्राष्ट्रिय मिडिया र सोसल मिडियाहरुमा गस्सिप सुरु भइसकेको छ। न्यूयोर्यकमा सम्पन्न कार्यक्रममा हग ज्याकमेन, जेनिफर लोपेज, सेलेना गोमेज, फेरल विलियम्सजस्ता कलाकारका माझ उपस्थित प्रियंका कार्यक्रमकै आकर्षणको केन्द्र बनेकी थिइन्।

Write a Comment

Events
Random Picks