दिप्सना खड्का दोस्रो सँस्करणको ‘मिस एसएलसी पोखरा’ बनेकी छन् ।
13-June-2015

२९ जेठ | दिप्सना खड्का दोस्रो सँस्करणको ‘मिस एसएलसी पोखरा’ बनेकी छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा अन्य १५ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधी आफ्नो पोल्टामा पारेकी हुन् । ताजसँगै दिप्सनाले ग्राण्ड फिनालेमा अरु चारवटा विधामा पनि अवार्ड प्राप्त गरिन् । क्याटवाक, भ्यूअर्स च्वाईस, पंचुअल र हेल्दी हेयर शिर्षकमा उनले आफ्नो कब्जा जमाईन् । टाईटल र यी सबै विधामा उत्कृष्ट भएसँगै दिप्सनाले २५ हजार रुपैयाँ नगद र डेढ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरिन् । उनले दश जोड दुईका कक्षाहरु मदरल्याण्ड उच्च माविमा निशुल्क अध्ययन गर्न पाउनेछिन् । त्यस्तै प्रतिक्षा राना फस्ट रनरअप भईन् भने श्वेता रानाभाट सेकेन्ड रनरअप भईन् । फस्ट रनरअपले १५ हजारसहित एउटा म्यूजिक भिडियोको सम्झौता पुरस्कार स्वरुप प्राप्त गरिन् भने सेकेन्ड रनरअप रानाभाटले नगद १० हजार रुपैयाँ प्राप्त गरिन् । फस्ट रनरअप रानाले मिस फोटोजेनिक शिर्षक समेत आफ्नो पोल्टामा पारिन् । मिस ट्यालेन्ट विधामा प्रतियोगी प्रिया रञ्जितले जितिन् भने मिस पपुलारिटि र डिस्प्लिन शिर्षक शिल्पा थापाको पोल्टामा प¥यो । ईभेन्ट्स फर युले दोस्रो सँस्करणको मिस एसएलसी पोखराको आयोजना गरेको हो । ‘प्रतियोगिता निकै राम्रो तरिकाले सम्पन्न गर्न सक्यौँ । यो बीचमा हामीलाई सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिन चाहन्छु ।’ ग्राण्ड फिनाले पछि आयोजक संस्था ईभेन्ट्स फर यु का अध्यक्ष विशाल गुरुङले भने । शुक्रबार भएको मिस एसएलसी पोखराको ग्राण्ड फिनालेमा सिपोरा गुरुङ, विमला भण्डारी, अरुण गिरी, महेश भण्डारी, छवि सुवेदी, किसान सुनार , भुपाल गुरुङ र त्रिभुवन शर्मा निर्णायक रहेका थिए ।

Related Images
Events
Random Picks