बंगाली अभिनेतासँग फिल्म खेल्दै अनुष्का
3-May-2017

मुम्बई, २० वैशाख

बलिउड नायिका अनुष्का शर्माले अब परि फिल्म बंगाली अभिनेतासँग फिल्म खेल्ने भएकि छिन् । आफ्नो होम प्रोडक्सनमा बनेको फिल्म ‘फिल्लौरी’ मा पञ्जाबी अभिनेता दिलजीत दोसाँझसँग काम गर्ने अभिनेत्री अनुष्का अब ‘परी’ फिल्ममा बंगाली अभिनेता परमब्रत चक्रवर्तीसँग काम गर्न तयार भएकी हुन् । अनुष्काको होम प्रोडक्सनमा बन्ने यो तेस्रो फिल्म हुनेछ ।


आफ्नो जन्मदिनमा अनुष्काले परी फिल्म बनाउन लागेको कन्र्फम गरेकी थिइन् । परम बंगाली फिल्म उद्योगका परिचित अभिनेता हुन् । यसअघि उनले बलिउडको ‘कहानी’ मा विद्या बालनसँग काम गरिसकेका छन् । उनले अनुष्काको फिल्ममा काम गर्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताएका छन् ।


‘यो फिल्मप्रति म एकदम आशावादी छु, र सुटिङको दिन पर्खिरहेको छु,’ उनले भने । प्रोसित रायको निर्देशनमा बन्ने यस फिल्मको सुटिङ आगामी जूनमा सुरु हुनेछ । प्रोसितले निर्देशन गर्न लागेको यो पहिलो फिल्म हो । (एजेन्सी)

Write a Comment

Events
Random Picks