‘महानगर’ मा केकीलाई रिप्लेस गरिन् मेनुकाले
5-May-2017


काठमाडौं, २२ वैशाख
नेपाली चलचित्र ‘महानगर’ बन्ने भएको छ । काठमाडौं बसेर संघर्ष गरेर थाकेका एक जोडी युवायुवतीको कथालाई लिएर चलचित्र ‘महानगर’ बन्ने भएको हो । काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गरि चलचित्र निर्माणको घोषणा गरिएको हो ।  
कर्मा शाक्य र मेनुका प्रधान मुख्य भूमिकामा रहने चलचित्र ‘महानगर’ वैशाख २७ गतेबाट फ्लोरमा जानेछ । 
काठमाडौं वा काठमार्डौं जस्तै सहरमा बस्ने नागरिक र उनीहरुले गर्ने संघर्ष नै चलचित्र ‘महानगर’ को मुख्य विषय भएको चलचित्रका निर्देशक तथा लेखक मोहन राईले बताए । कार्यक्रममा नायक कर्माले आफूलाई ‘महानगर’ को कथावस्तु रामे लागेको बताए । 
यसैबीच, यसअघि ‘महानगर’ मा कर्माको अपोजिटमा नायिका केकी अधिकारी रहने बताइएको थियो । कार्यकारी निर्माता गोविन्द मैनालीले केही व्यस्त भएकाले ‘महानगर’ मा काम गर्न सम्भव नभएको बताए । केकीका ठाउँमा मेनकालाई अनुबन्द गरिएको हो ।
अनलाइनखबरबाट

 

Write a Comment

Events
Random Picks