‘ट्युबलाइट’ टिजर रिलिज : सलमान खानको करियरकै बेस्ट फिल्म घोषित
5-May-2017

सलमान खानको चलचित्र ‘ट्युबलाइट’ को टिजर सार्वजनिक भइसकेको छ । यसको रिलिज अघि सलमान खानले फ्यानलाई विशेष रूपमा ‘काउन्टडाउन’ पनि दिइरहेका थिए । अहिले टिजरले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । 

यही अवसरमा निर्देशक कवीर खान पनि फ्यानसँग सहभागी थिए । त्यहाँ उनले खुलेर चलचित्र ‘ट्युबलाइट’का बारे कुराकानी गरे । कवीर खानका अनुसार  यो चलचित्रमा सलमान खानले आफ्नो ‘करियर बेस्ट’ प्रस्तुति दिएका छन् । यस्तो प्रकारको भूमिकामा सलमानलाई पहिले कहिले पनि नदेखिएको निर्देशकको दाबी पनि छ । 

‘ट्युबलाइट’को कथा सन् १९६२ को भारत–चीन युद्धको सेरोफेरोमा घुमेको  छ । कथा दुई दाजुभाइको छ । एक भाई युद्धमा हराए पछि अर्का भाइ (सलमान) हराएका भाइको खोजी गर्न निस्कन्छन् । तर, कथामा कयौँ ट्विस्टहरू पनि छन् ।

Write a Comment

Events
Random Picks