‘पर्व’ को अर्को गीत सार्वजनिक
7-May-2017

 

जकसन डटकम
पोखरा, २५ वैशाख

निकै प्रतिक्षित नेपाली चलचित्र ‘पर्व’को अर्को गीत पनि सार्वजनिक गरिएको छ । चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीतको अपार सफलता पछि अर्को गीत पनि यू—टुव मार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा समावेश ‘जिन्दगानी तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
पहिलो गीतले १ करोड भन्दा बढी दर्शक पाएपछि यसको निर्माणपक्षले चलचित्रमा समावेश दोश्रो गीत सार्वजनिक भएको हो । ‘काले दाई काले दाई’ बोलको गीत युटुबमा १ करोड भन्दा बढी दर्शकको साथ पाइसकेको छ । यो गीत अहिले दर्शकको मुखमा झुन्डिएको छ ।
सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । केतन क्षेत्रीको स्वर रहेको गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ ।
यो गीतको दृश्य उत्कृष्ट छ । साथमा, चलचित्रका मुख्य कलाकार नायिका नम्रता श्रेष्ठ र गायक तथा नायक कोशिश क्षेत्रीको केमेष्ट्री गजबको देखिएको छ । चलचित्रमा माला लिम्बु, केशव भट्टराई, जेविका कार्की लगायतका कलाकारको पनि अभिनय छ ।
कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, वनिष शाहको सम्पादन, चन्द्र पन्तको एक्सन यो चलचित्रमा छ । सस्पेन्स थ्रीलर कथामा बनेको यो चलचित्रको ट्रेलर पनि रुचाइएको छ । यो चलचित्र जेठ १२ गतेबाट देशभर रिलिज हुँदैछ ।

Write a Comment

Events
Random Picks