‘प्रेमगीत—२’ र ‘म यस्तो गीत गाउँछु’ बीच प्रतिष्पर्धा
7-May-2017

उमा आलेमगर
पोखरा, २४ वैशाख
प्रदर्शनको मिति नजिकिदै गर्दा नेपाली दुई चलचित्र ‘प्रेमगीत—२’ र ‘म यस्तो गीत गाउँछु’ बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । दुई चलचित्रको गीत सार्वजनिक भएलगत्तै दुई चलचित्रबीच कडा प्रतिष्पर्धा हुने आंकलन गर्न सकिन्छ । 

दुई चलचित्रको गीत यू—ट्वमा हेर्नेको संख्या दिन प्रति दिन बढिरहेको छ । ‘प्रेम गित—२’ को टाईटल गीत हेर्नको संख्या १७ लाख पुगिसकेको छ भने ‘म यस्तो गीत गाउँछु’ को ‘भन्छु आज’ ले १२ लाख भियोर बनाएर ‘प्रेम गीत—२’ लाई पछ्याइरहेको छ । ‘प्रेम गित—२’ को टाईटल गीत चैत्त ३० गते सार्वजनिक गरिएको हो भने ‘म यस्तो गीत गाउँछु’ को ‘भन्छु आज’ वैशाख १७ गते सार्वजनिक गरिएको हो ।

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको यो गीतले दर्शकको ध्यान तान्ने पक्का छ । लभ स्टोरी चलचित्र निर्माण सुदर्शनको चर्चा नेपाली सिने वृत्तमा खुबै हुने गरेको छ । यो गीतको लोकेशन, पहिरन, गीतको भावले सुदर्शन फेरि अर्को मन छुने कथाका साथ दर्शकमाझ आएका छन् भन्ने अड्कल लगाउन सकिन्छ । असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको यो रोमान्टिक नम्बरको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पूज शर्मा र पल शाहको प्रेम आशक्ती देख्न सकिन्छ ।

यता थाइल्याण्ड, बर्मा र नेपालमा खिचिएको चलचित्र ‘प्रेमगीत २’ आउँदो बर्षको साउन १३ गतेबाट रिलिज हुनेछ । ‘प्रेमगीत २’को गीतलाई  कल्याण सिंहले संगीत भरेको गीतलाई अमृत महरठ्ठाले लेखेका हुन् ।
यो गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र डेब्यू नायिका अश्लेषा ठकुरीलाई फिचरिङ गरिएको छ । गीतको लोकेशन उत्कृष्ट छ । थाइल्याण्डको मनोरम समुन्द्री तट, गुफा, तलैया र नदीलाई आकर्षक फ्रेममा कैद गरिएको छ ।


पुरुषोत्तम प्रधानले छायांकन गरेको गीतमा रेनशा वान्तवा राइको कोरियोग्राफी छ । सन्तोष सेनले निर्माण गरेको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । 

Events
Random Picks