जब शाहरुखले आफ्नो निधनको समाचार आफैले हेरेपछि...........
3-June-2017


जकसन डटकम
पोखरा, २० जेठ


बलीउड उपरस्टारस्टार शाहरुख खानले आफनो मृत्युको खबरबारे मुख खोलेका छन् । हालैमा चलेको आफ्नो निधनको हल्लाको विषयमा सोसल मिडियमा उनले जवाफ दिएका हुन् । शाहरूखले आफ्नो एक तस्विरसँग ट्विटरमा ट्वीट गर्दै लेखेका छन् । TGIF! Survived the week inspite of a plane crash, fatal accident on sets & yet another title of Imtiaz Ali film!
 
यूरोपको एक च्यानलले शाहरुख खानको निधनको खबर प्रशारण गरेर सबैलाई चकित बनाइदिएको थियो । यूरोपियन न्यूज नेटवर्कको च्यानल एल पेसले ब्रेकिंग न्यूजमा बताएको थियो, ’शाहरुख खान ७ व्यक्तिका साथ एक प्राइभेट जेट गल्फस्ट्रीम न्छछण् बाट पेरिस गैरहेका थिए र त्यसैबेला उनको प्लेन दुर्घटना भयो ।’ 
 
त्यहीँ, केही दिन अगाडि पनि आनन्द एल रोयको नयाँ फिल्मको सेटमा घट्ना घटेको थियो । त्यहाँ छतको एक ठूला हिस्सा खसेको थियो, जसमा शाहरुख खानले मुश्किलले ज्यान बचाउन सफल भएका थिए ।

Write a Comment

Events
Random Picks