बाहुबली हिरो प्रभासको नयाँ फिल्मको ट्रेलर रिलिज
3-June-2017


जकसन डटकम
पोखरा, २० जेठ


बाहुबली हिरो प्रभासको नयाँ फिल्मको ट्रेलर रिलिज भएको छ । प्रभासको नयाँ फिल्म ‘द रिर्टन अफ रिवेल २’ को ट्रेलर रिलिज भएको हो ।

फिल्म ’बाहुबली २’ मा प्रभास र अनुष्का शेट्टीको जोडीलाई दर्शकहरुले खुबै रुचाए । यो फिल्ममा ’देवसेना’ बनेर ’बाहुबली’ सँगै अनुष्काले दर्शकहरुहरुको पनि मन जितिन् । चाँडै दर्शकहरुले फेरी अर्को नयाँ फिल्ममा प्रभास र अनुष्काको जोडीलाई देख्न पाउँदैछन् । खासमा अनुष्का र प्रभासको एक तेलुगू फिल्म चाँडै नै हिन्दीमा रिलिज हुँदैछ । 
 
यो फिल्मको नाम ’बिल्ला’ हो, जुन २००९ मा तेलुगूमा रिलिज भएको थियो । यो फिल्मको तेलुगू भर्जन सुपरहिट भएको थियो । यो फिल्ममा अनुष्का शेट्टीको एक अलग अवतार देख्न पाइनेछ । फिल्ममा प्रभास डबल रोलमा देखिनेछन् । यो फिल्मको हिन्दी भर्जनको नाम हुनेछ ‘द रिर्टन अफ रिवेल २’ । फिल्ममा हन्सिका मोटवानीको पनि मुख्य भूमिका छ । फिल्म ‘द रिर्टन अफ रिवेल २’ को हालैमा ट्रेलर पनि सार्वजनिक भएको छ ।

Write a Comment

Events
Random Picks