चलचित्र ‘तारेभिर’ असार २ गतेबाट प्रदर्शनमा आउँदै
5-June-2017


जकसन डटकम
पोखरा, २२ जेठ


नेपाली सिने क्षेत्रमा देशको राष्ट्रियता झल्काउने फिल्महरु थोरैको सङ्ख्यामा बन्ने गरेका छन् । यसै क्रममा निर्माता तथा कलाकार देउकृष्ण देवानले निर्माण गरेको राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र ‘तारेभीर’ देशभरका सिनेमा हलहरुमा  असार २ गतेबाट प्रदर्शनमा आउँदैछ । 

समाजमा घटेका विभिन्न अपराधजनक घटनालाई कथामा समेटी उक्त अपराधमा प्रहरीको हुनुपर्ने दायित्व कर्तव्यलाई चलचित्रमा प्रस्तुत गरिएको छ । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रेम सुब्बाको कथा र निर्देशन रहेको छ । 

यस्तै जनक गुरुङको द्वन्द, रामप्रसाद चौधरीको सम्पादनमा निर्मित उक्त चलचित्रमा बिष्णु चेम्जोङ, नबिन कार्की, रेखा फागो, रमेश सिङ, प्रेम सुब्बा, डिके देवान, मन्जु श्रेष्ठ, रन्जिता राना, दिपेश श्रेष्ठ र अजय कुमार माझी लगायतका कलाकारहरुको अभिनय छ । 

चलचित्रमा संगीत भने प्रकाश गुरुङ, सनुप पौडेल र ब्रबिम शेर्पाको रहेको छ ।

Write a Comment