निखिलको ‘कमिटमेन्ट’ मा साली
7-June-2017


जकसन डटकम
पोखरा, २४ जेठ


नायक निखिल उप्रेतीले आफ्नो निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘कमिटमेन्ट ः सिक्स्टी हावर्स’ मा आफ्नो सालीलाई अनुवन्धित गरेका छन् । उनले फिल्मको मुख्य भूमिकामा सञ्चिता लुइँटेलकी बहिनी सिवानी लुइँटेललाई फाइनल गरेका हुन् । 

३ करोडको बजेटमा निर्माण हुने बताइएको यो फिल्मको पनि छायांकन सुरु भएको छ । यसको जानकारी निखिलकी श्रीमति सञ्चिता लुइँटेलले फेसबुकमा सिवानीको फोटोसहित एक स्टाटस लेखेर जानकारी दिएकी छन् । सिवानीको यो डेब्यू फिल्म हो । अब निखिलले आफ्नै सालीसँग फिल्ममा रोमान्स गर्नेछन् । फिल्मको छायांकन नेपाल, मुम्बई, थाइल्याण्ड, सिंगापूर र अमेरिकामा हुँदैछ ।

भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानीमा निर्माण हुने यो फिल्ममा बलीउडका प्रख्यात कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका छ । अहिले ’कमिटमेन्ट’ को छायांकनका लागि कलाकार रञ्जित भने नेपाल आइपुगेका छन् । उनी फिल्ममा समाबेश एक आइटम गीतमा मात्र देखिने निर्माणपक्षले जानकारी दिएको छ । 
 

Events
Random Picks