‘टोटल धमाल’मा अजय देवगन फाइनल
7-June-2017

निर्देशक इन्द्र कुमार आफ्नो ‘धमाल’ फ्रेन्चाइजको तेस्रो चलचित्र ‘टोटल धमाल’ सुरु गर्दैछन् । तर यो फिल्ममा न संजय दत्त हुन्छन्, न रितेश देशमुख नै । चलचित्रमा अजय देवगन फाइनल भइसकेका छन् । चलचित्रमा उनको महत्वपूर्ण भूमिका हुनेछ । 

फिल्मीबिटका अनुसार संजय दत्त अब एडल्ट कमेडी गर्न चाहँदैनन्, त्यसैले चलचित्र अस्वीकार गरिदिए । तर इन्द्र कुमारका अनुसार चलचित्रमा अलिकति पनि एडल्ट कन्टेन्ट छैन । चलचित्र सम्पूर्ण रूपले पारिवारिक मनोरञ्जनात्मक छ ।  

निर्देशक कुमारले अजय देवगनसँग ‘इश्क’ जस्तो हिट चलचित्रमा काम गरेको बताए । उनले अब २० वर्षपछि पुनः सँगै काम गर्ने बताएका छन् । उनले यो जोडी हिट हुने पनि दाबी गरे । निर्देशक कुमारले भने, “हामी यो चलचित्रका माध्यमबाट दर्शकलाई भरपूर मनोरञ्जन दिन चाहन्छौँ ।”

Write a Comment

Events
Random Picks