‘बदलापुर’ को सिक्वेलमा वरुण नै
8-June-2017


जकसन डटकम
पोखरा, २५ जेठ

हिन्दी फिल्म ‘बदलापुर’ को सिक्वेलमा पनि बलीउडस्टार वरुण धवनै हुने भएका छन् । ‘बदलापुर’ मा ग्रे शेडमा देखिएका बलीउडस्टार वरुण धवन अब यसको सिक्वेलमा पनि देखिने भएका हुन्् । 

डीएनएका अनुसार, हालैमा वरुणले दुई ठूलो फिल्म साइन गरेका छन् । उनले एउटा ’बदलापुर’ को सिक्वेल र दोस्रो शूजीत सरकारको फिल्म साइन गरिसकेका हुन् । स्रोतका अनुसार, यो सिक्वेल पनि ’बदलापुर’ बेस्ड हुनेछ तर यसको स्टोरी विल्कुलै अलग छ । 
 
वरुणका अलावा नवाजुद्दीन पनि यसको सिक्वेलमा देखिनेछन् । तर, हुमा कुरैशी र यामी गौतम यो फिल्ममा हुने छैनन् । ’बदलापुर’ मा वरुणसँगै हुमा, यामी र नवाजुद्दीन थिए । फिल्मलाई दिनेश विजानले निर्माण गर्नेछन् भने श्रीराम राघवनले निर्देशन गर्नेछन् । श्रीराम आफ्नो अर्को प्रोजेक्टका लागि पनि वरुणसँग कुरा गरिरहेका छन् । खबरका अनुसार, वरुणले यी दुई फिल्म यसै वर्ष गरि सक्नेछन् ।