‘भीआईपी २’ को पोस्टर र टिजर सार्वजनिक
8-June-2017


जकसन डटकम
पोखरा, २५ जेठ


साउथ फिल्मका स्टार धनुष र अभिनेत्री अमला पालको चलचित्र ‘भीआईपी २’ को नयाँ पोस्टर र टिजर सार्वजनिक गरिएको छ । यसको टिजलाई बलिउड महानायक अमिताभ बच्चनले ट्विटरमा शेयर गरेका हुन् । चलचित्रका विषयमा धनुष उत्साहित छन् । उनले ट्विट गर्दै यो टिजर रिलिज भइसकेको जानकारी दिए । 

यो चलचित्र ‘भेलाइल्ला पत्ताधारी’ को सिक्वेल हो । यद्यपि यसको टिजरमा अभिनेत्री देखिएकी छैनन् । तर, धनुषको दमदार लुक्स भने देखिएको छ । धनुष टिजरमा एक्सन गर्दै गरेको देखिएका छन् ।  यो चलचित्रमा धनुषसँगै बलिउड अभिनेत्री काजोल पनि देखिनेछिन् । 

चलचित्रमा धनुष रघुवरनको भूमिकामा देखिनेछन् । चलचित्रको पहिलो भागमा रघुवन आफ्नो सपना पूरा गर्न चाहेको देखाइएको छ । यसैक्रममा उनलाई कयौँ जागिरको अफर मिल्या तर उनले सबै आफ्नो सपनाका लागि अस्वीकार गरिदिए । चलचित्रको अन्तमा उनको सपना पूरा भएको देखाइयो । 

यो चलचित्रमा उही रघुवनको आगामी जीवन देखाइने बताइएको छ । साथै काजोलको पनि चलचित्रमा महत्वपूर्ण भूमिका छ । ‘भेलाइल्ला पत्ताधारी २’ मा कयौँ परिवर्तन देख्न सकिन्छ । यस अघिको पार्टलाई वेलराजले निर्देशन गरेका थिए भने दोस्रो पार्टको निर्देशन सौन्दर्य रजनीकान्तले गरेका छन् । चलचित्र २८ जुलाईमा रिलिज हुँदैछ ।

Write a Comment

Events
Random Picks