प्रभु देवाले ‘दबंग ३’ निर्देशन गर्ने
9-June-2017


जकसन डटकम
पोखरा, २ट जेठ


बलिउड फिल्म ‘दबंग ३’ को निर्देशन प्रभु देवाले गर्ने भएको छन् । सलमान खानको बहुप्रतिक्षित फिल्म ‘दबंग ३’ निकै चर्चामा छ । हालैको खबरका अनुसार यो चलचित्रको निर्देशनको जिम्मा अरबाज खानले नभएर अब प्रभु देवाले सम्हाल्ने भएका हुन् । सन् २००९ मा प्रभु देवाका साथ सलमान खानले सुपरहिट फिल्म ‘वान्टेड’ दिएका थिए ।

‘दबंग’ को निर्देशन अभिनव कश्यपले गरेका थिए । ‘दबंग २’ लाई अरबाज खानले निर्देशन गरेका थिए । ‘दबंग ३’ लाई पनि अरबाज खानले निर्देशन गर्ने अपेक्षा गरिएको थियो ।

आजतकका अनुसार सलमान खानको ‘दबंग ३’ लाई लिएर बलिउड फ्यान उत्साहित छन् । आशा छ यसबारे विस्तृत जानकारी सम्बन्धित पक्षले आधिकारिक घोषणामार्फत दिनेछन् । हाल सलमान ‘टाइगर जिन्दा है’ को सुटिङ मा व्यस्त छन् । यसपछि उनी रेमो डिसुजाको डान्स ड्रामा फिल्म सलमानको लाइनमा छ ।

Write a Comment

Events
Random Picks