‘म यस्तो गीत गाउँछु’ को ट्रेलर रिलिज
9-June-2017


जकसन डटकम
पोखरा, २७ जेठ


चलचित्र ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर रिलिज भएको छ । वर्ष २०७२ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ’प्रेमगीत’ को र्शिष गीत सापटी लिएर निर्माण भएको पल शाह र पूजा शर्मा स्टारर फिल्मको ट्रेलर सार्वजनिक भएको हो । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा विशेषत पल र पूजाको प्रेम र रोमान्सको पाटोलाई देखाउन खोजिएको छ । 
 
त्यस्तै, लोकेशन, सम्पादन र छायांकनले उत्कृष्ट बनेको ट्रेलरबाटै फिल्मको मेकिङ स्पष्ट झल्किन्छ । ट्रेलरमा पल र पूजाको केमेष्ट्री पनि निकै सुहाएको छ । यसअघि फिल्मको ’भन्छु आज’ बोलको गीतले बजारमा उधुम मच्चाइरहेको अवस्थामा ट्रेलरले पनि फिल्मलाई झन प्रतिक्षित बनाएको छ । 
 
पूजा र पलका अलवा फिल्म ’म यस्तो गीत गाउँछु’ मा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा र पुजा शर्माको लगानीमा बनेको यो फिल्मलाई सुदर्शन आफैले निर्देशन गरेका हुन् । यो फिल्म असार ३० गतेबाट अलनेपाल रिलिज हुँदैछ ।

Write a Comment