भदौँमा ‘देश खोज्दै जाँदा’ को रिलिज डेट कन्फर्म
12-June-2017


जकसन डटकम
पोखरा, २९ जेठ

नेपाली फिल्म ‘देश खोज्दै जाँदा’ को रिलीट डेट कन्फर्म भएको छ । प्रकाश आङदेम्बेले डेब्यु निर्देशन गरेको नेपाली फिल्म ‘देश खोज्दै जाँदा’ को भदौँमा रिलीट डेट कन्फर्म भएको हो । लाइन क्रस मुभिजको व्यानरमा निर्माण भएको यो फिल्म भदौ ९ मा रिलिज हुनेछ ।
 
यसअघि नै फिल्मको ट्रेलर र ’छातिमा लागेको’ बोलको एक गीत पनि सार्वजनिक भईसकेको छ । हालै फिल्मले दुई पोस्टर पनि सार्वजनिक गरेको छ । जहाँ भुटानी शरणार्थी जीवनका केहि दृश्यहरु महसुस गर्न सकिन्छ ।
 
फिल्मले भुटानी शरणार्थीको कथा बोल्ने बताईएको छ । ’देश खोज्दै जाँदा’मा दुई दशक भन्दा बढी नेपालमा शरणार्थीको जीवन विताउन बाध्य भुटानी नागरिकहरुको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा वाह्य द्वन्दलाई मार्मिक र संवेदनशीलताका साथ उजागर गरिएको बताईएको छ ।
 
फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मीना कोइराला, अरुणा कार्की, सरिता वली, तिव्वत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवाष थापा र प्रताब सुब्बाको अभिनय छ । यो सिनेमामा उपेन्द्र सुब्बाको पटकथा, आभासको संगीत, संजय लामाको छायांकन र मनोरंजन श्रेष्ठको सम्पादन छ । सिनेमालाई बिरेन्द्र क्षेत्रीले निर्माण गरेका हुन् ।

Write a Comment