‘आधा लभ’ र ‘लाल्टिन’ मा कुन उत्कृष्ट
12-June-2017


जकसन डटकम
पोखरा, २९ जेठ

यो साता दुइटा नेपाली चलचित्र ‘आधा लभ’ र ‘लाल्टिन’ एकसाथ प्रदर्शनमा आए । फ्राइडे रिलिज अन्तरगत दुबै चलचित्र शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएका हुन् । 

अर्पण थापाले निर्देशन गरेको चलचित्र ‘आधा लभ’ मा उनैले कथा पनि लेखेका छन् । कुशल अभिनय अभिनेत अर्पण सँगै चलचित्रमा ऋचा शर्मा, रेमनदास श्रेष्ठ, टिका पहारी, मिथिला शर्मा, विपिन मिक्की गरुङ, रोजिशा शाक्यले अभिनय गरेका छन् । 

अपार्टमेन्टमा बस्नेहरुको कथा भनिएको चलचित्र ‘आधा लभ’ हरेक मान्छेको जीवनमा हुने अपुरो प्रेम भएको निर्देशक अर्पण थापाले बताए । “समाजका सबै पक्षलाई चलचित्रमा देखाइएको छ,” थापाले भने, “फरक शैलीको चलचित्र भन्नेहरुका लागि यो फरक कथा र प्रस्तुती बोकर आएको सिनेमा हो । यो चलचित्रलाई एकै शब्दमा म लाइफ भन्छु ।”

‘आधा लभ’ सँग पौठेजोरी खेल्न आइपुग्यो अर्को नेपाली चलचित्र ‘लाल्टिन’ अपेक्षाका नजरले हेरिएको चलचित्र ‘लाल्टिन’ स्टारडम बोकेर आएको चलचित्र हो । अहिले रुचाइएका भनिने नायक दयाहाङ राई र नायिका प्रियंका कार्कीको अभिनय रहेको चलचित्र ‘लाल्टिन’ लाई देबकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । 

चलचित्रमा राई र कार्कीसँगै अर्जुनजंङ शाही, केकी अधिकारी, राज कटुवाल लगायतका कलाकारले पनि अभिनय गरेका छन् । शहरमा डन बनेर दुःख दिनेहरुको कथा नै चलचित्र ‘लाल्टिन’ को मुख्य कथा हो ।  

Write a Comment

Events
Random Picks