सात वर्षपछि अभिषेक र ऐश्वर्याले सँगै काम गर्दै
13-June-2017


जकसन डटकम
पोखरा, ३० जेठ


बलीउडका जूनियर बी अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायले सँगै काम गर्ने भएका छन् । उनीहरुले ७ वर्ष पछि एक फिल्ममा सँगै काम गर्ने भएका हुन् । अभिषेक बच्चन र ऐश्वर्या राय एकपटक फेरि फिल्ममा गर्ने चर्चा चलिरहँदा अभिषेकले भने फिल्म गर्ने वा नगर्ने विषयमा अहिले नै फाइनल नभएको बताएका छन् । उनका अनुसार, अहिले यस विषयमा कुराकानी भैरहेको छ । चर्चा छ कि यी दुई अनुराग कश्यपको फिल्म ‘गुलाब जामुन’ मा अनुवन्धित भैसकेका छन् । 
 
अभिषेकले यस विषयमा भने, ’यो फिल्मलाई अनुराग कश्यपले निर्देशन गर्दै छैनन् । यसलाई नयाँ निर्देशकले निर्देशन गर्नेछन् र अनुराग कश्यपले यसको निर्माण गर्नेछन् । हामी अहिलेपनि यस विषयमा कुराकानी गरिरहेका छौं । तर, हामी यस विषयमा अहिले नै घोषणा गर्न भने सक्दैनौं किनकी मेरो विचारमा यसको घोषणा गर्नका लागि निर्माता नै सही व्यक्ति हुन् ।’ 
 
यो जोडी सात वर्षपछि पुनस् स्क्रिनमा एकसाथ देखिँदै छ। यसअघि फिल्म ’रावन’मा दुवैले अभिनय गरेका थिए ।

Write a Comment

Events