विज्ञापनमा राजेश र मधु
14-June-2017


जकसन डटकम
पोखरा, ३१ जेठ

नायक राजेश हमाल र उनही श्रीमती मधु भट्टराई विज्ञापनमा सँगै देखिने भएका छन् । हमाल पहिलो पटक एक कम्पनीको विज्ञापनमा श्रीमति मधु भट्टराईसँग देखिने भएका हुन् ।

३३ सेकेण्ड लामो व्हील ओके सावुनको विज्ञापनमा हमाल र मधुले एकसाथ अभिनय गरेका छन् । भिडियोमा पनि हमाल श्रीमान र मधु श्रीमतिको भूमिकामा छन् । हुनत, यसअघि पनि मधुले केही म्यूजिक भिडियोमा काम गरिसकेकी थिइन् । तर, दर्शकहरुले भने पहिलो पटक हमाल र मधुलाई एउटै फ्रेममा यसरी एकसाथ अभिनय गरेको देखेका हुन् । यो विज्ञापनमा अभिनय गर्दा मधुले केही अप्ठ्यारो मानेकी थिइन्, हमाल भन्छन्, तर, एक दुई सर्ट दिएपछि उनीमा आत्मविश्वास बढ्दै गयो ।’ हमाल र मधुले करीब ७ वर्षसम्म गुपचुप प्रेमपछि विवाह गरेका हुन् । 

केही वर्षयता आफू अभिनित फिल्महरुले घरेलू बजारमा कमजोर व्यापार गर्न थालेपछि अब चाँडै हमाल आफ्नै निर्माण र निर्देशनमा नयाँ फिल्मको घोषणा गर्दैछन् । 

Write a Comment

Events
Random Picks