रिलिज अघि नै ‘ १९० करोड कमायो ‘२.०’ ले
15-June-2017

‘बाहुबली २’ को बेजोड सफलता पछि अब एस शंकरको चलचित्र ‘२.०’ विश्वमा आफ्नो छाप छाड्नका लागि तयार छ । अक्षय कुमार र रजनीकान्त अभिनित यो एक्सन फिल्म रिलिज अघि नै निकै चर्चामा छ ।

चलचित्र  २५ जनवरी सन् २०१८ मा रिलिज हुँदैछ ।  
तर रमाइलो कुरो रिलिजको यति महिना अघि नै बजारमा चलचित्र ब्लकबस्टर भइसकेको छ । फिल्मको हिन्दी थियेट्रिकल राइट्स ८० करोडमा बिक्री गरिएको छ । यद्यपि निर्माताको माग १०० करोडको थियो तर मामिला ८० करोडमा आएर टुंगियो । 

यति मात्र होइन, फिल्मीबिटका अनुसार सेटेलाइट राइट्स जी टीभीले ११० करोड रुपैयाँमा किनेको छ । चलचित्रले रिलिज अघि नै १९० करोडको कमाइ गर्यो । ट्रेड एनलिस्टका भनाइ मान्ने हो भने चलचित्रले वल्र्डवाइड १००० करोडको आँकडा पार गर्न सक्छ ।