मनीषा कोइराला बागमती सफाइ सद्भावना दूत
16-June-2017


जकसन डटकम
पोखरा, ०२ जेठ


नेपाली मूलकी बलीउड अभिनेत्री मनीषा कोइरालालाई नेपाल सरकारले बागमती सफाइ महाअभियानको सद्भावना दूतमा मनोनीत गरेको छ । बागमती सफाइ महाअभियानको बिहीवार बसेको साप्ताहिक बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा कोइरालाको नाम अनुमोदन गरेको हो । कोइराला भोली शनिबार हुने २१४ औं साताको बागमती सफाइ कार्यक्रममा सहभागी हुनेछिन् । 

यसअघि नै तत्कालीन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफ्नो कार्यकालमा कोइरालालाई बागमती सफाइ अभियानको सद्भावना दूत मनोनीत गर्न प्रस्ताव गरेका थिए । २०७० जेठ ५ देखि हप्तामा एक दिन शनिबार बागमती सरसफाई हुँदै आएको छ । मनीषा अभिनित बलीउड फिल्म ’डियर माया’ गएको तीन हप्ता अगाडि प्रदर्शनमा आएको थियो ।

Write a Comment

Events
Random Picks