‘बाहुबली २’ अब चीनमा पनि
19-June-2017


जकसन डटकम
पोखरा, ०५ असार

‘बाहुबली २’ अब चीनमा पनि प्रदर्शन हुने भएको छ । बक्स अफिसमा कमाईको नयाँ रेकर्ड बनाएपछि एस एस राजामौलीको फिल्म ‘बाहुबली २’ १७ सेप्टेम्बरबाट चीनमा पनि रिलिज हुने भएको हो । भारतमा जस्तै चीनमा पनि ‘बाहुबली’ को लडाई आमिरको फिल्म ‘दंगल’ सँग हुनेछ । ‘दंगल’ चीनमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनिसकेको छ ।   


‘बाहुबली २’ चीनमा ४ हजार स्क्रिनमा रिलिज हुँदैछ । तर, यो मामलामा  ‘बाहुबली २’, ‘दंगल’ भन्दा पहिला नै पछाडि परेको छ किनकी आमिरको फिल्म ‘दंगल’ चीनमा ७ हजार स्क्रिनमा रिलिज भएको थियो ।  ट्रेड एनालिस्ट रमेश बालाले ट्वीट गर्दै लेखेका छन्, ’बाहुबली २ ११ सेप्टेम्बर चीनमा ४ हजार स्क्रिनमा रिलिज हुनेछ । त्यस्तै, फिल्मका स्टार बाहुबलीको प्रमोशन गर्न चीन पनि जानेछन् ।’ रमेश बालाले अर्को ट्वीटमा जानकारी दिएका छन् कि चीनपछि ‘बाहुबली २’ यस वर्ष नै जापान, कोरिया र ताइवानमा पनि रिलिज हुनेछ । 
 
‘बाहुबली २’ ले अहिलेसम्म १ हजार ६ सय ८४ करोड कमाई गरिसकेको छ । त्यस्तै, ’दंगल’ले बक्स अफिसमा वर्ल्डवाइड १ हजार ९ सय ३४ करोडको कारोबार गरेको छ ।  

Write a Comment