लियोनार्डो डिकेप्रियोले फर्काए ओस्कार अवार्ड
21-June-2017


जकसन डटकम
पोखरा, ०७ असार


हलीउड अभिनेता लियोनार्डो डिकेप्रियोले आफ्नो ओस्कर अवार्ड फर्काइदिएका छन् । उनले जून ओस्कार अवार्ड फर्काएका छन्, त्यो उनले उपहार स्वरुप फर्काएका हुन् । यो वर्ष उनलाई फिल्म ‘द रेवेनन्ट’ मा उत्कृष्ट अभिनयका लागि ओस्कार अवार्ड मिलेको थियो । तर, उनले जून ओस्कार अवार्ड फर्काएका छन् त्यो यस वर्ष मिलेको होइन । उनले अहिलेसम्म एक मात्र ओस्कार अवार्ड जितेका छन् । 

उनले फर्काएको ओस्कार अवार्ड १९९५ मा फिल्म ‘अन द वाटर फ्रन्ट’ का लागि मार्लो ब्रान्डोलाई दिइएको थियो । यो अवार्डलाई प्रोडक्शन कम्पनी रेड ग्रेनाइट पिक्चर्सले लियोनार्डोलाई गिफ्ट गरेको थियो । अहिले यो कम्पनी मलेशियामा भ्रष्टाचार र मनी लान्डरिङ मामलामा रेड ग्रेनाइट कम्पनीको घेरामा छ । कम्पनीले उनलाई ३.२ मिलियन डलरको एक पिकासो पेन्टिङ पनि गिफ्ट गरेको थियो ।   

Write a Comment

Events
Random Picks