रणबीर र दीपिकालाई विहे गर्न सुझाव
16-June-2015

मुम्बई । गुपचुप रोमान्स गर्दै आएकार रणबीर सिंह र दीपिका पादुकोणले आउँदो वर्ष विवाह गर्ने सम्भावना रहेको भारतीय समाचार संस्थाले जनाएका छन् ।

केही वर्षयता उनिहरु डेटिङमा रमाउँदै आए पनि आफुहरुविच सम्बन्ध रहेको अस्वीकार गर्दै आएका छन् । सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि मिडियावाट सकेसम्म टाढा हुने प्रयाश गर्छन् ।

तर, आईफा अवार्डमा सहभागी हुनेक्रममा केही फोटोपत्रकारले बेहुला बेहुलीको भेषमा रहेका उनिहरुलाई क्यामेरामा कैद गरेका थिए । उक्त तस्बिर प्रकाशित भए लगत्तै उनीहरुको सम्बन्धको वारेमा निकै चर्चा सुरु भएको छ ।

भारतीय समाचार माध्यमले जनाए अनुसार आईफा अवार्डको रिहर्सल भइरहेको बेला रणबीर कार्यक्रम छाडेर दीपिकाको बुबा प्रकाश पादुकोणको जन्मदिन मनाउन बैग्लोरस्थित दीपिकाको घरमा पुगेका थिए ।

त्यहि वेला दीपिकाको बुबा आमाले उनिहरुलाई बिबाह गर्न सुझाब समेत दिएका थिए । रणबीरले पनि आगामी जनावरीमा बिहे गर्ने बचन दिएर आएका छन् ।

कुनै समय रणबीर कपुरसँगको सम्बन्धमा रहेकी दीपिकाको सञ्जयलीला भन्सालीको चलचित्र ‘रामलीला’ मा काम गर्दाताक रणबीर सिंहसँग भेट भएको थियो । त्यसपछि उनिहरु गुपचुप रोमान्समा ब्यस्त छन् । उनका पूर्वप्रेमी रणबीर कपुर भने अर्कि अभिनेत्री कटि्रना कैफसँग बिबाह गर्ने तयारीमा छन् ।

 

source:http://www.onlinekhabar.com/2015/06/288750/