सय करोडमा अल्लू अर्जुनको फिल्म
2-July-2017


जकसन डटकम
पोखरा, १८ असार

साउथ सुपरस्टार अल्लू अर्जुनको नयाँ तेलुगू एक्शन ड्रामा फिल्म ‘दुव्वादा जगन्नाधाम’ प्रदर्शनको एक हप्तामा सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मका निर्माताले शुक्रवार यसको औपचारिक जानकारी दिएका छन् । 
 
फिल्मको एक आधिकारिक पोस्टरमा फिल्म निर्माताहरुले केवल एक हप्तामा बक्स अफिसमा यो फिल्मले सय करोडभन्दा बढी विजनेश गरेको पुष्टि गरेका छन् । हरीश शंकर द्वारा निर्दे्शित फिल्ममा अर्जुन एक ब्राह्मण यूवकदेखि निगरानी समिति सदस्यको भूमिकामा प्रस्तुत भएका छन् । यो फिल्ममा पूजा हेगडे, राव रमेश, सुब्बाराज र मुरली शर्मा जस्ता कलाकारहरुको मुख्य भूमिका रहेको छ । देवी श्री प्रसादले यो फिल्मको गीतमा संगीत भरेका छन् ।  
 
अर्जुनको यो तेस्रो फिल्म हो, जून सय करोड क्लबमा प्रवेश गरेको छ । योभन्दा अगाडि उनको  ‘रेस(गुर्राम’ र ‘र्सैनोदू’ ले पनि सय करोडको विजनेश गरेको थियो ।  
  

Write a Comment

Events
Random Picks