‘लिला’ को ‘साँच्चै विशेष छौ’ बोलको दोस्रो गीत सार्वजनिक
3-July-2017


जकसन डटकम
पोखरा, १९ असार

फिल्म ‘लिला’ को ‘साँच्चै विशेष छौ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । गायक उदित नारायण झाको स्वर रहेको गीतमा शब्द डा.कृष्णहरी बराल र संगीत बसन्त सापकोटाको रहेको छ । गीत अभिनेत्री मलिना जोशी र राज कटुवाल माथी फिचरिङ गरिएको छ । गीतमा राजले मलिनाको सौन्दर्यताको बयान गर्दै आफ्नो लागि उनी विशेष भएको चर्चा गरेका छन् । 
 
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । सिपी पौडेल फिल्मका कार्यकारी निर्माता हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।
 
फिल्ममा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ । यो फिल्म भदौ ३० गते रिलिज हुँदैछ ।  

Write a Comment

Events
Random Picks