नेपथ्यको लाइभ प्रस्तुती अष्ट्रेलियामा
6-July-2017

नेपालका चर्चित ब्यान्ड नेपथ्यलाई म्यादी ओभरसिज नेप्लिज एसोसिएसन (मोना) अस्ट्रेलियाले तीन सहरमा कन्र्सटका लागि लैजादँै।


नेपथ्यले सिडनी, मेलबर्न र एडिलेडमा प्रस्तुति दिन लागेको हो ।
 नेपथ्यलाई यसपटक सिड्नीको बिग टप अडिटोरियममा, मेलबर्नमा प्लानेट सेकर्स हल र एडिलेडमा उसलाई नरउड कन्सहर्ट हलमा अनुभव गर्न सकिनेछ । नेपथ्यले जुलाईको ८ मा मेलबर्न, १५ मा एडिलेड र २२ मा सिड्नीमा प्रस्तुति दिनेछ ।नेपथ्यलाई म्यादी ओभरसिज नेप्लिज एसोसिएसन (मोना) अस्ट्रेलियाले तेस्रो पटक बोलाएको हो।आयोजकको भनाइ अनुसार करिब ७ हजार दर्शक आउने आशा राखेका छन्।
प्रस्तुती प्रस्तुत गर्ने मुख्य गायकमा अमृत गुरुङ, ड्रमसेटमा धु्रव लामा, किबोर्डमा सुरज थापा, गितारमा सुविन शाक्य र मादलमा शान्ति रायामाझी रहनेछन् ।

 

Write a Comment

Events
Random Picks