‘प्रेमगीत—२’ को गीतमा कार्टुन क्रु ले कभर डान्स
6-July-2017


उमा आलेमगर
पोखरा, २२ असार

नेपालको चर्चित डान्स ग्रुप कार्टुन क्रु ले ‘प्रेमगीत—२’ को गीतमा कभर डान्स गरेको छ । कार्टुन क्रुले ‘प्रेमगीत—२’ को हालै सार्वजनिक भएको ‘मोटरसाईकालमा’  बोलको गीतमा कभर डान्स सार्वजनिक गरेको हो ।

कार्टुन क्रु को टिम अहिले कभर डान्सको भिडियोको लागि चलचित्रकी नायिका अश्लेशा ठकुरी पनि सहभागी छिन् । हालै मात्र यो यू—टुव मार्फत यो गीतको कभर डान्स सार्वजनिक भएको हो ।

यो कभर डान्स पछि कभर डान्स कम्पिटिसनको आयोजना गर्ने नायिकका अश्लेसा ठकुरीले जानकारी दिइन् । यसअघि चलचित्र प्रेमगीत—२  निर्माण युनिटले कभर गीत प्रतियोगीताको आयोजना गरिसकेको छ ।

कार्टुन क्रुले यसअघि थुप्रै चलचित्रको गीतमा कभर डान्स गरिसकेको छ । कभर डान्स अभ्यासको लागि नायिका अश्लेसा सहित कार्टुन क्रु को टोली लामो अभ्यासमा थिए । 

 

Write a Comment

Events
Random Picks