बलिउडका चर्चित कलाकार सायाजी सिन्दे सपरिवार पोखरामा
9-July-2017


उमा आलेमगर
पोखरा, २५ असार

बलिउडका चर्चित कलाकार सायाजी सिन्दे सपरिवार पोखरामा आउनुभएको छ । नेपालका चर्चित धार्मिक, पर्यटकिय स्थल घुुमघाम गर्न पोखरा आएको कलाकार सिन्देले बताउनुभयो । सिन्दे नेपाली चलचित्र क्षेत्रका सुपरस्टार निखिल उप्रेतिसंगको समन्वयमा नेपाल आएको बताइएको छ । 

१९७८ मा मराठी फिल्मको सानो दृस्यबाट अभिनय यात्रा थालेका सिन्देलाई कलाकारका रुपमा चिनिन १९९५ को मराठी फिल्म ‘आइ’ सम्म कुर्नुपरेको थियो । रामगोपाल बर्माको ‘शुल’ बाट बलिउड यात्रा थाल्नुभएका सिन्दले ‘सरकार राज, मार्केट, कर्ज, लालसलाम, कुरुक्षेत्र, मुझसे सादी करोगी जस्ता चलचित्रहरुमा भूमिका निर्वाह गर्नुभएको छ । 

सिन्देले निकट भविश्यमै कलाकार निखिल उप्रेतिसंग नेपाली चलचित्रमा समेत काम गर्ने संभावना रहेको वताउनुभयो ।

Write a Comment

Events
Random Picks