चाम्सद्धारा निर्देशित नयाँ फिल्मको नाम ‘लिलिबिली’ घोषणा
11-July-2017


जकसन डटकम
पोखरा, २७ असार

एकपछि अर्को फिल्मको निर्माण घोषणा गरिरहेका निर्देशक मिलन चाम्सले फेरि नयाँ फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको नाम ‘लिलिबिली’ राखिएको छ । ‘लिलिबिली’ वर्किङ टाइटल हो । चाम्स निर्दे्शित फिल्म ’वीर विक्रम’ रिलिज भएपनि ’ह्याप्पी डेज’ र ’ब्लाइन्ड रक्स’ रिलिजको तयारीमा छन् । बायोपिक ’बब्बी’को पोखरामा छायांकन भैरहेको छ । 
 
चाम्सले सोमबार रोमकम जानराको नयाँ प्रोजेक्ट ‘लिलिबिली’ निर्माण घोषणा गरेका हुन् । सबै छायांकन बेलायतको लन्डन र स्कटल्यान्डमा हुने फिल्मको बजेट साढे दुई करोड बताइएको छ । उनका अनुसार, फ्लोरमा जानुअघि फिल्मको अफिसियल शीर्षक घोषणा गरिनेछ । गतवर्ष नेपालमा खिचिएको मार्भल स्टुडियोको हलिउड फिल्म ’डक्टर स्ट्रेन्ज’मा खेलिसकेकी शिल्पा मास्के ‘लिलिबिली’ का लागि मुख्य भूमिकामा अनुवन्धित भएकी छिन् । 

निर्देशक चाम्स अर्की एक नायिका र नायक पात्रको खोजीमा छन् । उनले अभिनेता र अभिनेत्रीमा खेल्न इच्छुकले आफूसँग सम्पर्क गर्न अनुरोध गरेका छन् । ‘फिल्म त्रिकोणात्मक प्रेमकथा नै हो’ चाम्सले भने, ‘दर्शकले यसमाथि इन्जोय गर्न सक्नुहुन्छ ।’ उनले यसअघि पुरै छायांकन लन्डनमा भएको ह्याप्पी डेजलाई पनि यस्तै जानरामा प्रस्तुत गरेका थिए । 
 
मिलनले आफ्नो कम्पनी चाम्स इन्टरटेनमेन्ट, गोविन्द शाहीको काफिया फिल्मस र हालै कारखाना निर्माण गरेका सुदीप खड्काको टाइम्स इन्टरटेनमेन्टसँग मिलेर लिलिबिली बनाउन लागेका हुन् । 

Write a Comment

Events
Random Picks