‘साहो’ मा हुनेछैन अनुष्का र प्रभासको जोडी
13-July-2017


जकसन डटकम
पोखरा, २९ असार

‘बाहुबली’को दुई भागमै साथ–साथ देखिएका अभिनेत्री अनुष्का शेट्टी र अभिनेता प्रभास केहीवर्ष देखि रियल लाइफमा नै अर्कासँग प्रेममा रहेको चर्चा चलिरहेको छ ।
 
दुवैको जोडी पर्दामा निकै सुहाएको मानिन्छ तर उनीहरुको फ्यानको लागि दुःखको खबर छ । ‘बाहुबली’को चर्चित जोडी प्रभास र अनुष्का अब फिल्म ‘साहो’ मा एकसाथ नदेखिने भएका छन् ।
 
अनुष्काले आफ्नो तौल बढाएका कारण उनलाई फिल्ममा लिन नसकिने भएको हो । आफ्नो तौल बढाएका कारणले उनको हातबाट फिल्म ‘साहो’ उम्कन सक्ने सम्भावना रहेको भारतीय मिडियाले बताएका छन् । अहिले अनुष्काको तौल पहिलाको भन्दा ५ देखी ८ किलो बढि छ ।

Write a Comment

Events
Random Picks