आठसय मध्ये ‘प्रेमगीत २’ ले छान्यो २ सय ५० कभर गीत
13-July-2017


जकसन डटकम
पोखरा, ३० असार

साउन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्ष २०७२ को हिट फिल्म ‘प्रेमगीत’ को नेम सिक्वेल ‘प्रेमगीत २’ ले विश्वभरबाट प्राप्त आठसय कभर गीत भिडियो मध्ये २ सय ५० लाई उत्कृष्ट छनौट गरेको छ । निर्माण कम्पनी आशुसेन फिल्मसलाई प्राप्त भिडियोहरु विहिबार युट्युवमा रिलिज गरिएको छ । 
 
निर्माता सन्तोष सेनका अनुसार, भदौ दोस्रो साता यी भिडियो मध्येबाट उत्कृष्ट १५ हुँदै सर्वोत्कृष्ट दुई घोषित गरिनेछ । महिला र पुरुषद्धारा निर्दे्शित सर्वोत्कृष्ट भिडियोले जनही एक–एक लाख नगद र ब्यानरको आउँदो फिल्ममा पाश्र्वगायन मौका पाउनेछन् । 


 
निर्माता सन्तोष सेनले भने, ‘भदौ पहिलो साता भ्यूजको आधारमा उत्कृष्ट पन्ध्र घोषित गर्नेछौं । यीमध्ये पाँचजना प्रतिभालाई वाइल्ड कार्ड प्रणालीमार्फत सिधैै उक्त राउन्डका लागि समावेश गरिने छ ।’ निर्माता कम्पनी आशुसेन फिल्मसले फिल्मको शीर्ष गीत ‘कहानी यो प्रेमगीतको...’ माथि कभर गीत प्रतिस्पर्धा आह्वान गरेको थियो । 
 
सेनले अगाडि थप्दै भने, ‘हामीलाई नेपालसहित विदेशबाट निकै स्तरिय कभर गीत प्राप्त भएका छन् । यो हाम्रा लागि उत्साहप्रद पक्ष हो र गायनप्रति युवा क्रेज सुखद छ ।’  
 
रामशरण पाठक निर्दे्शित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ’प्रेमगीत २’ मा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।

Write a Comment