एमनुजको उपाधी यूसालाई
17-July-2017


जकसन डटकम
पोखरा, ०२ साउन

एमनुज डान्स टुर्नामेन्ट सिजन ४ को उपाधी युसा नेपालीको पोल्टामा परेको छ । युसाले कुल १२ जना प्रतिष्प्रर्धीलाई पछि पार्दै सो उपाधी जितेकि हुन् ।

बिटुडी डान्स ग्रुप पोखराको आयोजनामा सम्पन्न प्रतिष्प्रर्धामा फस्ट रनरअप सुजिना लामा बनिन् भने सेकेण्ड रनरअप रोस्मि ठकुरीको पोल्टामा प¥यो । प्रतियोगिताका थर्ड रनरअप पवित्रा गुरुङ्ग र सालु थापा भए । भ्युअर च्वाईस अवार्ड भने मिलन गुरुङ्गले हात पारे । 

एमनुजका कुल सात जना कोरियोग्राफरको कोरियोग्राफीमा मैदानमा उत्रेका प्रतिष्प्रर्धीहरुले आफ्नो मात्र नभइ कोरियोग्राफरको भाग्यलाई समेत दाउमा राखेका थिए । बेस्ट कोरियोग्राफरको अवार्ड सौरभ तामाङ्ग र गणेश तामाङ्गले पाए ।

नृत्यमा लामो समयदेखि क्रियाशिल एमनुजले यसअघि बलिउडका चर्चित डान्सर राघवलाई समेत पोखरामा उतारेको थियो । गोरे गुरुङ्ग, सुवास राई र अमन तामाङ्ग निर्णायक रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी मन क्षेत्रीले गरेका थिए ।