चौथो मिस कल्चर नेपाल २०१७ को फर्म खुल्ला
18-July-2017


उमा आलेमगर
पोखरा, ०४ साउन


पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि ले आयोजना गर्न लागेको चौथो मिस कल्चर नेपालको सहभागीहरुको लागि फर्म खुल्ला गरिएको छ । संस्कृति, संस्कारको संरक्षण गर्दै महिलाको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । सिट सिमित रहेकोले तत्काल फर्म भरेर आफ्नो सिट सुरक्षित गर्न  कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुन  चाहने इच्छुक अविवाहित महिलाहरुले सहभागीता जनाउन सक्ने पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि का अध्यक्ष शोभा गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार प्रतियोगितामा सहभागीताको लागि कुनै हदबन्दी छैन, इच्छुक जोकोही महिला दिदीबहिनीहरुले सभागीता जनाउन सक्नेछन् । 

प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगिको उमेर हदबन्दी १६ देखि २५ वर्ष उमेर समुहका सहभागी हुन पाउने छन् भने सहभागीको लागि १ हजार फारम शुल्क तोकिएको छ । सहभागीहरुलाई १ महिनाको बन्द प्रशिक्षणमा राखिने छ ।  बन्द प्रशिक्षणको क्रममा प्रतियोगीहरुलाई व्यक्तित्व तथा नेतृत्व विकास, उद्घोषण कला, सकारात्मक सोचाई, क्याटवक, नृत्य सम्बन्धि तालिम दिनुका साथै विभिन्न पर्यटकिय स्थलहरुको भ्रमण पनि गराइन्छ ।

प्रशिक्षण पछि मिस कल्चरको ग्राण्ड फिनाली भदौँ पहिलो हप्ता हुने छ भने प्रतियोगिताको विजयीलाई स्कुटरको व्यवस्था गरिएको छ ।

Write a Comment

Events