तीज गीत ‘ठोक मादल ठोक’ बजारमा
24-July-2017


जकसन डटकम
पोखरा, ०९ साउन


रक्षा म्युजिकको प्रस्तुति सञ्चारकर्मी पुस्कर रेग्मी र उमा देबी खनालको  तीज गीत ठोक मादल ठोक बजारमा आएको छ। केशव घिमिरेको शब्द, पुस्कर रेग्मीको लय रहेको उक्त तीज गीतमा  प्रदिप त्रिपाठी र उमा देबी खनालको स्वर रहेको छ।

उक्त गीतको म्यूजिक भिडियो पनि वनिसकेको छ। उक्त गीतमा किशोर नेपाली र जमुना ढकालको अभियन रहेको छ भने निर्देशन प्रदिप त्रिपाठीले गरेका छन्।

झ्याम झ्याम नाच्न मिल्ने भएकोले पनि स्रोताले यो गीत मनपराउने गायक त्रिपाठीले बताए। ‘अहिलेको यथार्थतालाई चित्रण गरेर यो गीत बजारमा ल्याएका छौं–उनले भने–‘यहाँहरुले मनपराइदिनु हुने छ भन्ने अपेक्षा गरेका छौं। गीत सुनेर अमूल्य सुझाव र प्रतिक्रिया दिन उनले आग्रह गरेका छन्।

Write a Comment

Events
Random Picks