‘भुईमान्छे’ चलचित्र यूनिट पोखरामा
27-July-2017

उमा आलेमगर
पोखरा, १२ साउन

चलचित्र भुईमान्छे युनिट पोखरामा आएको छ । आगामी भदौ २ गते रिलिज हुने चलचित्र भुईमान्छको बारेमा जानकारी दिनका लागी सो युनिट पोखरा आएको हो । शैली ईन्टरटेन्मेन्ट एण्ड मुभिज प्राली र शैली थिएटरको प्रस्तुती फिल्म ’भूईँमान्छे’ अस्पतालमा पोष्टमार्टम गर्ने मान्छेको कथा हो । दैनिक लाश चिर्ने मान्छेको जीवन कस्तो हुन्छ । उसलाई समाजले कसरी हेरेको हुन्छ । उसको मनोविज्ञान कस्तो होला ? यीनै कुराहरुलाई फिल्ममा समेटिएको निर्देशक नवराज बुढाथोकीले पोखामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।  

ब्यवसायीक रुपमा सफल चलचित्र बन्न नसकेपनि समाजलाई सन्देश दिन सक्ने असल चलचित्र बन्नेमा आफु ढुक्क भएको चलचित्रका निर्माता रोहिणी भट्टराईले बताएका छन  ।  त्यस्तै राजनैतिकमा लागेर विरक्तिएको पिडा तथा समाजमा लुटिएको मान्छेको यथार्थ घटनालाई सोही चलचित्र मार्फत देखाउन खोजिएको चलचित्रका मुख्य निर्देशक रमेश बुढाथोकीले बताएका छन् । 

एउटा डाक्टर क्षेत्रतर्फ लागेको मान्छेलाई राजनैतिकले कस्तो असर पारेको हुन्छ त्यो खालको तितो यथार्थलाई पनि चलचित्र मार्फत देखाउन खोजिएको नायिका सिपोरा गुरुङले बताईन  । 

फिल्ममा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई,बादल भट्ट,रामबाबु रेग्मी,शसांक बोहोरा, आर्यान न्यौपाने , नारायण न्यौपाने , सानु ताम्राकार,सौरभ ढकाल ,हरि यादव आदिले अभिनय गरेका छन् । 

यस्तै, विशेष भुमिकामा तारा केसी,पुष्कर गुरुङ्ग र नविन श्रेष्ठ पनि छन् । फिल्मलाई रोहिणी भट्टराईले निर्माण गरेका हुन् ।

Write a Comment

Events
Random Picks