सिपोराले गरिन् आफ्नो प्रेमको खुलासा
29-July-2017


जकसन डटकम
पोखरा, १५ साउन

फिल्म ‘भुइँमान्छे’ संगै भलिबल खेलाडी एवं नायिका सिपोरा गुरुङ अहिले अर्को कारण चर्चामा छिन्। त्यो हो–उनको प्रेम प्रसंग ।

यति बेला फिल्म ’भुइँमान्छे’ प्रोमोसनमा देश दौडाहामा निस्केकी उनले सामाजिक सञ्जाल बाट आफु प्रेम सम्बंधमा रहेको खुलासा गरेकी हुन्। यसअघि पनि विभिन्न अन्तरवार्तामा प्रेममा रहेको खुलेरै स्विकारे पनि कोसँग भन्ने उनले गोप्य राखेकी थिइन्। यस पटक भने उनले उदीप श्रेष्ठको प्रेममा परेको खुलेरै बताएकी छिन्।

सिपोराले केही दिनअघि अमेरिकाको लस एन्जलसस्थित युनिभर्सल स्टुडियोको अगाडि दुवै जनाले खिचेको फोटो सामाजिक सञ्जालहरुमा सेयर गरेकी हुन्। साथै उदीपको अंगालोमा बाँधिएको फोटो पनि उनले सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन् ः ‘सिरियसली क्यान डिड’।

सिपोरा अभिनित फिल्म ‘भुइँमान्छे’ भने भदौ २ मा प्रदर्शनमा आउँदैछ।

Write a Comment