‘ह्याप्पी न्यु ईयर’ को टाईटल गीतको सुटिङ सकियो
9-August-2017


उमा आलेमगर
पोखरा, २५ साउन

देवकुमार श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘ह्याप्पी न्यु ईयर’ को टाईटल गीतको सुटिङ सकिएको छ । फिल्मको टाईटल गीत ‘ह्याप्पी न्यु ईयर’ सुटिङ सकिएको हो । 

अस्ट्रेलियामा छायाँकन गरिएको फिल्मको गीत भने पोखरामा खिचिएको हो । गीतमा पोखराको विभिन्न रमणिय ठाउँहरुलाई समेटिएको छ । सन्ध्या केसी र कुशल थापालाई फिचरिङ गरिएको छ भने नवराज बस्नेतले स्वर दिएका छ । गीतको कोरियोग्राफी पोखरेली कोरियोग्रफेर रोहन नेपाली ( शिब ) ले गरेका हुन् । 

अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको यो फिल्मले अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारि पुष १४ लाई रिलिज मिति तोकेको छ । आरके  एम प्रोडक्सनको व्यानरमा निर्मित फिल्म प्रेमकथामा आधारित छ । 

मनोज अधिकारी लाइन प्रोड्युसर रहेको यस  फिल्ममा कुशल र संध्यासंगै  पुकार गौतम, केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेले खिचेको यस फिल्ममा विनोद ढकाल, टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

Photo : Sujan Acharya / Jukson.com