मिस कल्चर नेपाल असोज ३ मा हुने
16-August-2017


जकसन डटकम
पोखरा, ०१ भदौँ


‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिद्वारा आयोजित चौंथो मिस कल्चर नेपाल २०१७ को फाइनल कार्यक्रम यही असोज ३ गते पोखरा सभागृहमा हुने भएको छ । 

२५ जना प्रतियोगीहरू भाग लिएकामा १५ जना प्रतियोगीहरू फाइनल राउण्डमा प्रवेश गरेका छन् । फाइनलमा प्रवेश गरेका प्रतियोगीहरूलाई व्यक्तित्व, नेतृत्व विकास सम्बन्धी तालिमका साथै देशको सांस्कृतिक पहिचान र त्यसको महत्वको बारेमा बढी जानकारी दिइने छ । 

गत बुधबार फोटोशुट सम्पन्न गरेको उक्त कार्यक्रममा नेपाल आइस वियरले मुख्य प्रायोजन गर्ने भएको छ । कार्यक्रममा विजेताले पुरस्कारस्वरूप स्कुटर र उप विजेताले ३२ इन्च टिभी प्राप्त गर्ने पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले बताइन् । 

फाइनल समारोहमा पोखरामा क्रियाशिल आमा समूह मध्येबाट उत्कृष्ट १० समुहलाई सम्मान गरिने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।  

Write a Comment

Events
Random Picks