प्रियंका ‘आइ एम सरी’ भन्दै पछि लागे सौगात
25-August-2017


जकसन डटकम
पोखरा, १० भदौँ

चलचित्र ‘फाटेको जुत्ता’को ‘आइ एम सरी’ बोलको पहिलो गीत रिलिज गरिएको छ । प्रभेष मल्लिकको शब्द, संगीत तथा स्वर रहेको गीतमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायत कलाकार देखिएका छन् । चलचित्रको गीत लोकशैलीमा निर्माण भएको छ । १७ कात्तिकबाट प्रदर्शनमा आउँने चलचित्रमा कविराज गहतराज र राजीव समरको कोरियोग्राफी रहेको छ । 

निकेश खड्काले निर्देशन गरेको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । चलचित्रमा निरज कँडेलको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्धन्द्ध रहेको छ । सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका चलचित्रमा छ । चलचित्र कमेडी विषयमा निर्माण भएको हो ।

Write a Comment

Events
Random Picks