दर्शकको मन जित्दै ‘लिला’ ट्रेलर
28-August-2017


जकसन डटकम
पोखरा, १२ भदौँ

फिल्म ‘लिला’को ट्रेलर सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा लोकप्रिय भएको छ। शुक्रवार युट्युबमा सार्वजनिक भएको ट्रेलरले दुई दिनमा ३ लाख बढी ’भ्यू’ पाएको छ । दर्शक रुझानको आधार मानिँदै आएको युट्युबमा ‘लिला’ ट्रेलरले दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित भएको निर्देशक रमेश कोइरालाले बताए । सार्वजनिक ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ ।
 
निर्देशक कोइरालाले ‘लिला’ सस्पेन्स थ्रिलर लभ स्टोरीमा आधारित रहेको बताए । उनले भने, ‘‘लिला’मा हामीले निकै मिहिनेत गरेका छौं । फरक कथावस्तुमा फिल्म निर्माण भएका कारण दर्शकहरुले रुचाउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’ 
 
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । सिपी पौडेल फिल्मका कार्यकारी निर्माता हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।
 
फिल्ममा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ । यो फिल्म भाद्र ३० गतेबाट प्रदर्शनमा आउँदैछ । 

Events
Random Picks