चौतर्फी आलोचनापछि बोल्यो नेपाल आइडल, उल्टै धम्की !
4-September-2017

जकसन डटकम
पोखरा, २० भदौँ

पछिल्लो समयका टेलिभिजन कार्यक्रममा निकै चर्चित ‘नेपाल आइडल’को बिवाद दिन प्रतिदिन बढ्दो छ । आइडलका जर्जले गरेको केही बिवादस्पद निर्णय र भोटिङको अवसरले झन् यसलाई बिवादको चुलिमा पुर्याएको हो ।  एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको यो कार्यक्रमले अन्तिम प्रतियोगि छनोटका लागि खुल्ला गरेको भोटिङको अवसरमा आयोजकले पैसाको खेल खेलेको आरोप सर्वसाधारणले लगाउँदै आएका छन् ।

कार्यक्रममा पैसाको खेल भएको, निर्णायकले प्रतिभा भन्दा पनि पैसा हेरेको र क्षपतावान प्रतियोगीलाई आइडलबाट बाहिर राखेको, जर्जले पनि निष्पक्ष भन्दा पनि आयोजकको चहाना पुरा गरेको जस्ता आरोप नेपाल आइडलका संचालक तथा आयोजकलाई सर्वसाधारणले लगाएका छन् । कार्यक्रमका संचालक, निर्माण कम्पनि तथा जर्जलाई कतिपयले सामाजिक संजालमा बिभिन्न शब्द मार्फत ब्याङ्ग्यात्मक तरिकाले उडाइरहेका छन् ।

कार्यक्रम तथा कार्यक्रम निर्माण कम्पनी प्रति सामाजिक संजालमा सक्रिय सर्वसाधारणलाई आयोजकले कारबाहिको धम्की दिएको छ । आइडलका आयोजकले आफ्नो आधिकारीक पेजमा एक लामो स्टाटस लेख्दै कार्यक्रम र कार्यक्रमका आयोजक र जर्ज प्रति जथाभाबी शब्द प्रयोग गरेर सामाजिक संजालमा उडाउनेलाई कारबाहि गर्ने धम्की दिएको हो ।

‘आइडलमा जे भयरहेको छ , शोको नियमको अधिनमा रहि शोको लाईसेन्स दिनेले भने अनुसार गरिएको छ । अमेरिकन वा ईन्डियन आईडलमा जे हुन्छ, नेपाल आईडलमा पनि त्यहि भएको हो ।’आयोजकले अगाडि लेखेको छ ‘ नेपाल आईडलका बारेमा जथाभावी र सहनै नसकिने गालीगलौच, तुच्छ विचार र अमर्या्दित शब्द सामाजिक संजालहरुमा पोष्ट गरेर आईडलका प्रतिष्ठित जज, कर्तव्यनिष्ठ कर्मचारी एवं मर्या्दित कम्पनी प्रति जथाभावी लक्षित गर्दै आफ्नो कुण्ठा व्यक्त गर्ने छूट कसैलाई पनि छैन भन्ने सचेत गराउँदछौ ।’

आयोजले अगाडि लेखेको छ ‘हाम्राविरुद्ध अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुको डेटाबेस तयार गरि प्रहरीमा बुझाउने काम गरिरहेका छौ र साइबर क्राईम अन्तर्गत ती सबै पक्षलाई कडाभन्दा कडा कारवाही गराउने तयारीमा छौ साथै ती सबैका नाम धेरैभन्दा धेरै मिडियामा प्रकाशित समेत गर्नेछौ ।’

Write a Comment

Events
Random Picks