दशैं गीत लिएर आयो ‘डिमर्चा’
6-September-2017


जकसन डटकम
पोखरा, २२ भदौ


पोखरेली चर्चित व्याण्ड ‘डिमर्चा’ दशैं गीत लिएर श्रोतामाझ आएको छ । झ्याम्म झ्याम्म, हुन्देरेलगायतका दर्जनौं लोक पप र ¥याप गीत गाएर श्रोता दर्शकमाझ छुट्टै छाप छाड्न सफल डिमर्चा पछिल्लो क्रममा ‘दशैं आयो’ बोलको गीत लिएर श्रोतामाझ आएको हो । यो गीत फङ्की रक प्याट्रनमा छ । नयाँ टिम मेम्बरसहित फेरी एकपटक जुर्मुराउने प्रयास स्वरुप नयाँ गीतहरु रेकर्डमा आफूहरु लागेको डिमर्चाका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।

झण्डै आधा दशकपछि नयाँ गीत रेकर्ड गरेको डिमर्चाले अन्य गीतहरु पनि रेकर्ड गर्ने तयारी गरेको गायक श्रेष्ठले बताए । उनले भने,‘नयाँ टिमसहित आएको छु, दशैं आयो गीत रेकर्ड भएर देशभरका एफएम रेडियोमा बज्न शुरु भइसकेको छ, अन्य केहि नयाँ गीत रेकर्डिङको क्रममा छन् ।’ उनका अनुसार ‘जबदेखी नेपालमा डेमोक्रेसी आको, डिमर्चा व्याण्डले ¥याप गीत गाको’, ‘घर्रघर्र पानी घट्ट’ लगायतका गीतहरु रेकर्डिङको क्रममा रहेका छन् ।

डिमर्चा व्याण्डको प्रमुख भोकलिष्ट भाष्करध्वज श्रेष्ठ हुन् । उनले व्याण्डका अन्य साथीहरु व्यस्तताका कारण समय दिन नसकेपछि नयाँ मेम्बर थपेर गीत रेकर्डिङ शुरु गरेको बताए । उनले भने,‘पुराना साथीहरु व्यस्त भएर समय दिन छाडे, व्याण्डलाई मर्न नदिनको लागि भएपनि नयाँ मेम्बर थपेर गीत रेकर्डिङ शुरु गरेको हुँ ।’ व्याण्डमा नया सदस्यको रुपमा लिड गीतारमा सञ्जय नेपाल, बेस गीतारमा बिरेन्द्र पुन र ड्रममा प्रज्वल विके थपिएका छन् । श्रेष्ठबाहेक डिमर्चाका अन्य सबै नयाँ अनुहार हुन् ।

यसअघी डिमर्चाको लिड गीटारिष्टमा अनिल गुरुङ, बेस गीतारमा बुद्धि थापा र ड्रमरमा जोनी लामा थिए । उनीहरु कार्यव्यस्तताका कारण नयाँ गीत रेकर्डमा समावेश नभएपनि व्याकअपमा रहेर काम गर्ने भोकलिष्ट श्रेष्ठले बताए ।

डिमर्चाले यसअघी ‘खैलाबैला भो’, ‘हुन्देरे’, ‘१,२,३ भन्दिने हो’, ‘झ्याम्म झ्याम्म’ र ‘कोहि छ किन्ने? गरी ५ वटा एल्वम निकालिसकेको छ ।

Write a Comment

Events
Random Picks